नियम ६
औषधि विक्री–वितरण गर्ने व्यक्तिको नाम र पसल वा फर्म दर्ताको प्रमाणपत्र लिने
(१) कुनै व्यक्तिले औषधि विक्री वितरण गर्नको लागि ऐनको दफा १० बमोजिम आफ्नो नाम र पसल वा फर्म दर्ता गराई प्रमाणपत्र लिन चाहेमा निजले अनुसूची–८ बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त परेपछि विभागले आवश्यक जाँचबुझ गर्दा त्यस्तो प्रमाणपत्र दिन मनासिव देखेमा औषधि विक्री–वितरण गर्ने व्यक्तिको नाम र पसल फर्म विभागबाट तोके बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गरी अनुसूची–१४ मा तोकिए बमोजिमको दस्तुर लिई निवेदकलाई अनुसूची–९ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनेछ ।